उपत्यकामा आजै थपिए ५ जना कोरोना संक्रमित उच्च जोखीम र त्रास

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा आज ५ जनामा कोरोना भाइरस (कोभिड(१९)पोजिटिभ देखिएको छ ।पाटन अस्पतालमा गरिएको परीक्षणमा उपत्यकामा थप ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका थपिएका नयाँ संक्रमित काठमाडौं र भक्तपुरका हुन् ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार काठमाडौंमा १ महिला, ३ पुरुष र भक्तपुरमा १ पुरुषमा कोरोना पोजिटिभ देखिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उपत्यकामा ५ सहित आज देशभर ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या १२ हजार ३ सय ९ पुगेको छ । डा. गौतमले नेपालमा ७७ जिल्लामै कोरोना सङ्क्रमण फैलिएको बताए ।

त्यस्तै आज १ सय ३६ व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ ।
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ । डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने औंल्याएको हो ।

डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन् । उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन् ।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो । युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति ;समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन् ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वभर कोरोना संक्रमित झण्डै १ करोड नजिक पुगेका छन् ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *