को हुन् यी साहसी बालिका जसले भारतका प्रधानमन्त्री मोदीले दिएको ‘सम्मान’ अस्वीकार गरिन्

0
11

प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ।” यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन्। लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी हुन्। उनी पर्यावरणसम्बन्धी मु’द्दामा निकै सक्रिय छिन्।

उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्। भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ।

अस्वीकार गर्नुको कारण

भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन्। उनले लेखिन्, “प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन।

यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस्। मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस्। म तपाईँको पक्षमा छैन।” उनले प्रधानमन्त्री मोदी र सांसदहरूसँग जलवायु परिवर्तनसँग सम्बन्धित का’नुन बनाउन माग गरिरहेकी छन्।

बीबीसी बाट

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here