एउटा को’ठा मर्मत ग’र्न सवा क’रोड

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,असार १४ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्नो सभाहल मर्मतसम्भारका नाममा सवा करोड रुपैयाँ खर्चिएको भेटिएको छ । मन्त्रालयले टेन्डर र सम्झौताबिनै कार्यसम्पादन जमानतसमेत नराखी यो रकम खर्चिएको हो । महालेखापरीक्षकको प्रतिवेदनले यसलाई नियम प्रतिकूल भएको टिप्पणी गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष ०७५र७६ मा सभाकक्ष मर्मतसम्भारका लागि १ करोड २४ लाख ३९ हजार रुपैयाँ खर्चिएको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकालमा मन्त्रालयको सभाहललाई मर्मतसम्भार गरिएको हो । यही हलमा अहिले सरकारको नियमित पत्रकार सम्मेलन हुँदै आएको छ ।

करिब दुई दर्जन कुर्सी राखिएको सानो सभाहलमा केही थान स्क्रिन, पोडियम, कार्पेट राखिएको छ । मर्मतसम्भारका लागि मन्त्रालयले प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी दरभाउ माग गरी खरिद गरेको, कुन आधार र कसले लागत अनुमान तयार पारेको नखुलेको, लागत अनुमान र दरभाउ पेस गरेको रकम एउटै रहेको पनि महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

‘सभाकक्ष हल निर्माण र फर्निचर एवं उपकरण तत्काल खरिद नगर्दा तत्काल हानिनोक्सानी हुने अवस्था रहेको नदेखिएकामा पनि प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी दरभाउ माग गरी खरिद गरेको,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘खरिद गर्नुअघि तोकिएको प्रक्रिया अपनाई लागत अनुमान तयार गर्नुपर्नेमा कुन आधार र कसले लागत अनुमान तयार गरेको नखुलेको, लागत अनुमान र दरभाउ पेस गरेको रकम एउटै रहेकाले खरिद कार्य मितव्ययी रहेको पाइएन ।’यसका लागि मन्त्रालयले आफ्नो कोषबाट नभई नेपाल दूरसञ्चार प्राधिकरणको कोषको रकम नियमविपरीत प्रयोग गरेको भेटिएको आजको कान्तिपुर दैनिकमा खवर छ । (फोटोः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभा कक्षा। यही कोठा मर्मत गर्न मन्त्रालयले सवा करोड रुपैयाँ खर्चिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *