वालिङमा खोलामा खसेका २२ वर्षीय युवकको शव फेला

0
4

वालिङ, १४ असार- वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमार्इंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । (रासस)
यो पनि पद्नुहोस
काठमाडौ असार १४ । स्यानिटाइजर पिउँदा ३ जनाको ज्यान गएको भने ४ जनाले दृष्टि गुमाएका छन् । घटना हो कोरोनाले सबैभन्दा प्रताडित देश अमेरिकाको हो । अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको ज्यान गएको छ । भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

अन्तराष्ट्रिय समाचार उजेन्सीहरुका अनुसार उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान प्रहरीको छ । उक्त मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले पनि जनाएको छ ।

यसैबिच उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here