प्रधानमन्त्रीको गुनासो-‘मलाई हटाउन दिल्ली र काठमाडौंका शक्ति मिलेकाछन’

0
9

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली र काठमाडौंका शक्ति मिलेर सरकार ढाल्न कोशिस गरिरहेको गुनासो पोखेका छन्।

आइतबार बालुवाटारमा आयोजित स्वर्गीय नेता मदन भण्डारीको जन्मजयन्ती कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले सरकार ढाल्न काठमाडौंका होटलमा जमघट भइरहेको समेत बताए।

दिल्ली, नेपाल स्थित भारतीय राजदूतावास र नेपालकै केही शक्ति आफ्नो सरकार ढाल्न मिलेको भन्दै प्रधानमन्त्री ओलीले जस्तोसुकै स्थितीको सामना गर्न आफू तयार रहेको बताए।

प्रधानमन्त्री ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर नसोच्न समेत चेतावनी दिए।

सीमा विवादका कारण भारतसँगको बढ्दो तनाव तथा सरकारको कामलाई लिएर पार्टीभित्रकै नेताहरुले आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो।

यसअघि चीनसँग पारवहन सम्झौता गर्दा आफ्नो सरकार ढलेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ।’

नेपालले आफ्नो भूमी समेटिएको नक्सा छापेर कुनै गल्ती नगरेको समेत प्रधानमन्त्री अ‍ोलीले बताए।

अहिले आफू प्रधानमन्त्रीबाट हटे नेपालको पक्षमा बोल्ने मान्छे नहुने समेत उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here