संसारको सबैभन्दा मंहगाे तरकारीको मूल्य प्रति केजी १ लाख ३० हजार

0
45

विश्वमा सबै भन्दा मंहगाे तरकारी हो, होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । यसलाई अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो हुने गर्छ ।

यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । यसलाई जङ्गलमा वसन्त ऋतुको समयमा लगाइन्छ । तर, बाह्रै महिना उमार्न सकिन्छ । एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ, बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ । ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा यसको खेती गरिन्छ ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here