दु:खद घडीमा पनि अस्पतालमै पत्नीको जन्मदिन मनाए गायक प्रमोद खरेलले !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – चर्चित गायक प्रमोद खरेलकी पत्निको आज जन्मदिन परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।उनले फेसबुकमा पत्निलाई फुल दिएको तस्बिर शेयर गर्दै भनेका छन् – असार १५ , उनको जन्मदिन, तर… …सधै जस्तो छैन यो असार १५ ,उनी CCU मा छिन्।
नियतीले यसपाली अस्पतालको CCU कक्षबाटै उनको जन्मदिन मनाउदैछौं ।स्वास प्रस्वास समस्या भएपछि छोरी जन्मेर सिधै NICU गइन्। जन्मेको ६ दिन पछि मात्र NICU बाट छोरी लाइ निकालेर भेट्न पाएकी उनी आफै फेरि १२ औं दिनमा CCU पुगिन । सुत्केरी अवस्थामा हुने घातक postpartum cardiomyopathy ले आ’क्रमण गरेपछि मुटुको मुटुले राम्रो काम गर्न नसकेर इमरजेंसी अल्का हुदै मनमोहन मुटु अस्पतालमा गम्भिर अवस्था मा पुगिन। तर अहिले धेरै सुधार छ ।

उता घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी यु’द्ध जित्दैछिन। आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ। आधा त्रा’स र आधा आशको समय पार गर्दै यो कठिन मोड़मा CCU मै उनलाइ जन्मदिनको अनगिन्ती अनगिन्ती शुभकामना, My bravo अब चॉडै ठिक हुनेछौ … प्रार्थना अनि कामना।राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *