नेपाल र चीनबीच सीमा विवाद छैन, भ्रामक र बनावटी समाचार प्रकाशित भयाे : परराष्ट्रमन्त्री ज्ञवाली

0
13

काठमाडौं, १५ असार । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पार्नुभएकाे छ । साेमबार बसेकाे राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नभएकाे स्पष्ट पार्नुभएकाे हाे ।

उहाँले नेपाल र चीनको सीमाबारे केही भ्रामक, गतल र बनावटी समाचारहरु प्रकाशित भएको बताउनुभयाे । ‘नेपाल र चीनको सीमाबारे केही भ्रामक, गतल र बनावटी समाचारहरु प्रकाशित भए,’ उहाँले भन्नुभयाे, ‘उक्त फेक समाचार भनेर सम्बन्धित मन्त्रालयाले नै खण्डन गरिसकेकाे छ ।’केही समयअघि मात्र केही सञ्चार माध्यममा कृषि मन्त्रालयको नापी शाखाको प्रतिवेदनलाई हवाला दिएर चीनले सात जिल्लामा सीमा अतिक्रमण गरेको समाचार प्रकाशित भएको थियो ।

सिमा संकेत चिह्नहरु ३७ र ३८ कहिल्यै खडा नै नभएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘समाचारमा भनिए जस्तो सिमा संकेत चिह्नहरु ३७ र ३८ कहिल्यै खडा नै भएको छैन, भौगोलिक दुरी दुर्गमताको कारणले त्यो ठाउँमा सीमा चिह्नहरु खडा गर्ने नसकिने भनेर दुबै देशबीच सहमत भयाे । त्यो सीमा सारियो, भत्काइयो भन्ने कुरा कुनै आधारनै छैन ।’ यस्ता भ्रमक समाचारबाट संप्रेषण नगर्न र प्रभावित नहुन पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले वि. सं. २०१६ चैत ९ मा भएको सीमा सम्झौता र २०१८ असोज १९ मा भएको सीमा सन्धिअनुसार ९८ वटा बाउन्ड्री मार्कर (सीमा चिह्न) बनेको पनि बताउनुभयाे । दुई देशबीच भएको सहमतिअनुसार नेपाल चीन सीमामा जीपीएस जडान गर्न बाँकी रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सगरमाथाको उचाईकाे घोषणा गर्ने तयारी

उहाँले सगरमाथाको उचाईकाे घोषणा गर्ने तयारी भइरहेको पनि बताउनुभयाे । ‘सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन) लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गर्‍यो ।’

सगरमाथाबाटै सिमाना जाने भएकाले गर्दा त्यसको उचाई दुवै देशको सहमतिबाट मात्रै टुंग्याउन सकिने भएकाले त्यो विषय टुंगिन बाँकी रहेको उहाँको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here