काठमाडौं उपत्यका प्रवेशमा कडाइ, यस्तो छ शर्त

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ असार । सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सिसिएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ । त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।
यस्तै गरि आज सोमवार थप ४ सय ७६ जनामा कोरोना भाइरस पु’ष्टि भएको छ।

२४ घण्टामा विभिन्न ठाँउमा गरिएको पीसीआर परीक्षणमा ४ सय ७६ लाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन्।

सरकारले लकडाउन केही खुकुलो बनाएसंगै काठमाडौं लगायत उपत्यकामा अहिले सर्वसाधारणको चहल पहल बढेको छ ।यसले कोरोनाको जोखिम बढ्ने भन्दै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।आवश्यक बाहेक घर वाहिर ननिस्कन र निस्कन परेपनि स्वास्थ्य सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।लकडाउन खुकुलो भएसंगै अन्य जिल्लावाट काठमाडौं भित्रनेको संख्या पनि बढेको छ ।मन्त्रालयले बाहिरि जिल्लावाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *