कोरोना उपचारमा खटिएका डाक्टरको हात देखेर भावुक बने मानिसहरु

0
9

कोरोना महामारीले आक्रान्त बनेको बिश्वलाई सम्हाल्न डाक्टरले अग्रपंत्तिमा रहेर काम गरिरहेका छन् ।यस्तो बेलामा डाक्टर नर्स लगायतका स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्त्तिहरुले आफ्नो योग्दान दिइरहेको छन् ।केहि समयअघि चिनका डाक्टर र नर्सहरुले मास्क उतारेपछिको अनुहार भाइरल भएको थियो ।
धेरैले उनहरुप्रति सहानुभूति प्रकट गरेका थिए ।सार्वजनिक भएका तस्विरमा उनीहरुको अनुहारभरी मास्कको निलडाम देखिन्थ्यो ।

इटालीमा मात्रै धेरै डाक्टरले बिरामीको स्याहार गर्दा गर्दै कोरोना संक्रमणको शिकार भएर ज्यान गुमाए ।कन्टेन्ट कपी गर्दा स्रोत खुलाउन नभुल्नु होला : केटिएम दैनिकलामो समयसम्म पीपीई लगाएर काम गर्दा उनीहरुको अवस्था कस्तो हुन्छ ?के तपाईले कल्पना गर्नुभएको छ ?पिपिईले कोरोनाको संक्रमणबाट त बचाउँला तर त्यसको हानी पनि कम छैन ।सोमबार ट्वीटरमा अवनिष कुमारले एउटा फोटो शेयर गरेका छन् ।उक्त्त फोटोमा देखिएको हात भारतको डाक्टरको हो ।उनको हातलाई देखाउँदै अवनिषले लेखेका छन् । “यो हात कोरोनाको उपचारमा संलग्न भएको डाक्टरको हो ।
जस्ले १० घण्टाको ड्युटी सकेर पन्जा फुकाल्दाको हो । उनीहरु नै रियल हिरो हुन् र हामीले सम्मान गर्नुपर्छ ।”

यो पनि पद्नुहोस
काठमाडाैँ, १६ असार । आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहतवाट काठमाडौं ल्याइएको थियो । उनमा तीन महिनादेखि फोक्सोमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । ती मध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।

सोमवार थप १ सय २१ जना निको भई बिभिन्न अस्पालहरुवाट निको भएका छन् । यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ । ती मध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन् ।

पछिल्लो चौविस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमूनाको पिसिआर विधिवाट परिक्षण भएको थियो । हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना क्वारेन्टिनमा छन् भने १० हजार ८५ जना आइसोलेसनमा छन् ।

सोमवार सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा बाजुरामा ६६ जना, दाङमा ५८, कैलालीमा ५८, अर्घाखाँचीमा ३८, गुल्मीमा २०, पाल्पा र वाग्लुङमा १४, पर्वतमा १३ जना छन् । त्यसैगरी अन्य जिल्लामा पनि संक्रमण थपिएको छ ।

काठमाडौं उपत्यकामा सोमवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा काठमाडौका ६ जना, ललितपुरका १ जना र भक्तपुरमा १ जना छन् । पछिल्लो समय काठमाडौ उपत्यकाको घनावस्ती भएका ठाउँहरुमा कोरोना पुष्टि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकावासीलाई सचेत हुन आग्रह गरेका छन् । याे खबर नागरिक दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here