ओ’लीकै योजनामा ए’माले ब्युँ’ताउन खोजिएको हो, मसँग प्रमाण छ : वामदेव

  •  
  •  
  •  
  •  
  •  
  •  

सागर न्यौपाने/काठमाडौं, असार १६ । पुरानो पार्टी ब्युँताउने प्रधानमन्त्री केपी शर्मा ओलीकै योजनाअनुसार निर्वाचन आयोगमा एमाले दर्ताका लागि आवेदन परेको नेकपा उपाध्यक्ष वामदेव गौतमले दाबी गरेका छन्। गौतमले सोको प्रमाण समेत आफूसँग भएको बताएका छन्।

आयोगमा आइतबार नेकपा एमाले नामको पार्टी दर्ता गर्न आवेदन परेको थियो। झापाकी सन्ध्या तिवारीले सो आवेदन दिएकी थिइन्।सो विषयमा नेकपाको मंगलबारको स्थायी समिति बैठकमा चर्को विवाद भएको छ। नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै यस विषयमा छानबिन गर्न समेत माग गरेका छन्।

‘प्रधानमन्त्री ओलीकै नजिकका मान्छेहरु गएर एमाले दर्ता गराउन आवेदन दिएका रहेछन्,’ उपाध्यक्ष गौतमले बैठकमा भने, ‘उहाँकै योजनामा एमाले ब्युँताउन दल दर्ता गराउन आवेदन दिएका हुन्। म प्रमाण दिनसक्छु, पार्टीले छानबिन गरोस्।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत ओलीकै इशारामा एमाले दर्ताको आवेदन दिइएको बताएका थिए।

‘तपाईंको कानुन विज्ञले माथिको आदेश भन्दै एमाले पार्टी दर्ता गरेका हुन्,’ प्रचण्डले भनेका थिए।

उनले पार्टी फुटाउने गरी भएका गतिविधि गलत भएको भन्दै एमाले पार्टी दर्ता गर्न आवेदन दिनुको कारण माग गरेका थिए।

‘कहाँ, कसले के उद्देश्यले एमाले दर्ता गराउन आवेदन दिएको हो? पार्टी फुटाउने गरी पर्दा पछाडि भएका सबै गतिविधि बन्द गरिनुपर्छ, जे बहस र छलफल गर्ने हो पार्टी बैठकमै राख्नुपर्छ कुनै हालतमा पार्टी फुट्न दिनुहुँदैन,’ प्रचण्डले बैठकमा भनेका थिए।

मंगलबारको स्थायी समिति बैठक यही विषय र प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा केन्द्रित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *