बिहेको दुइ दिनमै सिन्दुर पुछियो, जन्ती गएका ५१ जनामा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  

१६ असार, काठमाडौं । नेपालमा भन्दा एक दिन ढिलो गरी भारतमा लागू लकडाउन जारी नै छ ।भारतमा पनि सरकारले भिडभाड नगर्न आग्रह गरि नै रहेको छ ।तर अटेर गरेर बिहे गर्दा बिहेकै २ दिनमा एक युवती बिधवा बनेकी छन् । यो खबर भारतको विहार राज्यको पटनाको हो ।कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो ।विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए ।तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।

यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए ।उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो ।तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे ।विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार यो घटना आजमगढको छतरपुर ग्रामसभाको हो । स्थानीय प्रशासनले पूरै गाउँलाई शिल गरेको छ र सो क्षेत्रलाई स्यानिटाइज गरिएको छ।
यो पनि पद्नुहोस
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

पर्यटनमन्त्री भट्टराईले यही असार १४ गते मन्त्रालय मातहतका प्रमुखलाई बोलाएर आगामी आवको योजना कार्यक्रमबारे छलफल गर्दै कामलाई नतिजामुखी बनाउन र काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी दिएका थिए ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीको अनुपस्थिति रहेकोे पाइएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कारणले उपस्थित हुन नसकेको हो, सो बुझी कर्मचारी नियमितरुपमा कार्यालय समयमा उपस्थिति हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालयको सरसफाइ र कार्यालयको लेआउटमा ध्यान दिनसमेत कर्मचारीलाई आग्रह गरे ।

नेपाल सरकारको मन्त्री परिषद्को निर्णयबमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिएका छन् । निरीक्षणपछि मन्त्री भट्टराईले पर्यटन मन्त्रालय मातहतमा रहेका सबै कार्यालयको क्रमैसँग निरीक्षण गर्ने बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *