काेराेनाकाे जाेखिम कम गर्न सरकारले त्रिभुवन विमानस्थलमा औषधि छर्न थालियाे

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) को जोखिम कम गर्न थप सतर्कता अपनाइएको सरकारले बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औषधि (स्प्रे) छर्न थालिएको जनाएको छ ।

यस्तै छिमेकी देशसँगका ३७ वटा नाकामा प्रदेश सरकार र पालिकाको सहकार्यमा हेल्थ डेक्स राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको मन्त्रालयले जनाएको छ । औषधिको अभाव हुन नदिन अनुगमनलाई तीव्र बनाइएकाे र देशभित्रको उत्पादन क्षमतालाई पनि बढाउन पहल भइरहेको सूचनामा उल्लेख छ ।

अहिलेसम्म चार सय ४१ जनाको नमुना परीक्षण गर्दा एक जना बाहेक कसैमा पनि कोरोना नपाइएको मन्त्रालयले जनाएको छ । कोरोना भएका ती व्यक्ति पनि उपचारपछि पूरै निको भएर काममा फर्किएकाे मन्त्रालयको दाबी छ ।

भिडभाडमा नजाने, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचीमिची हात धुने, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

कोरोना भाइरसका बिरामी अहिलेसम्म एक सय १५ देशमा भेटिएका छन् । अहिलेसम्म एक लाख १४ हजार चार सय २२ जनामा कोरोना सङ्क्रमण भएकोमध्ये ६४ हजार ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार तीन सय १४ जना उपचाररत छन् ।

गएको २४ घण्टामा चीनमा मात्रै एक हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका विभिन्न देशमा चार हजार २७ जनाको ज्यान गएको छ ।

यो पनि पदनुहोस:

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *