उदयपुर एक परिवारमा देखियो अनौठो रोग: रोग पत्ता नलाग्दा वंश नै ना’श हुने खतरा,दुई जनाको नि’धन,

  •  
  •  
  •  
  •  
  •  
  •  

गाईघाट, २७ फागुन । उदयपुरको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै सन्तानका तीन परिवारमा अनौठो रोग देखिएको छ । रोगवाट केहीको निधन भइसकेको छ भने केही अझै उपचारार्थ छन् । तर रोग के हो भन्ने पत्ता लागेको छैन । ५ वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल विरामी भएर आए । उनी घर आएपछि शरीर काम्ने र हल्लिने गर्न थाले ।

सुरुमा स्थानिय स्वास्थ्य संस्थामा देखाउँदा रोग पत्ता लागेन । त्यसपछि पटक पटक काठमाडौं आएर जाँ गराउँदा पनि उनको रोग पत्ता लाग्न सकेन । रोग लागेको एक वर्ष पछि उनको निधन भयो । त्यही प्रकृतिको रोग उनको श्रीमतीमा पनि देखियो । उनको पनि रोग पत्ता नलागेरै निधन भयो । शरीर काम्ने र हल्लिने यो रोगबाट परिवारका २ जना सदस्य दुर्गाबहादुर समाल मगर र उनकी श्रीमती अम्बिका समाल मगरको निधन भयो ।

अहिले यो रोग परिवारका अन्य सदस्यमा पनि देखिएको छ । यो रोगबाट परिवारका जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा सर्दै गएको छ । पाँच वर्ष देखि रोग परिवारका सदस्यमा सर्दे जाने तर रोग क ेहो पत्ता नलागी ज्यान जान थालेपछि मगर परिवार चिन्तामा छ । अब वंश नै नास हुने अवस्थामा पुगेको भन्दै मगर परिवारले सहयोगको अपिल गरेका छन् । अहिले समाल मगरको सम्पूर्ण परिवार नै यो रोगबाट ग्रसित छन् ।

एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको छिमेकीले बताएका छन् । विभिन्न अस्पतालमा उपचार गराउँदा पनि पत्ता लाग्न सकेको छैन । अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका ९ जना सदस्य सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *