चीनले नेपालमा कोरोना फैलिए नियन्त्रणमा सहयोग गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन २७, २०७६ काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार भएको भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारे जानकारी दिएकी छन्। राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको पनि जानकारी दिइन्।

राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको संक्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पुरा सहयोग रहने बताए। उनले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सर्तकता र तयारीको प्रशंसासमेत गरिन्। चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उनको भनाइ थियो। भेटमा मन्त्री भट्टराईले कोरोनाभाइरसको समस्याबाट चीन चाडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गरे।

उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्‍वारेन्टाइनको व्यबस्था लगायतका बिषयमा सरकारले गरिरहेको तयारीबारे मन्त्री भट्टराईले जानकारी दिए।

मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताउनुभयो । उनले कोरोनाभाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेतानामूलक सूचनाहरु पनि प्रवाह गरिएको बताए। भेट मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य मन्त्रालयका चिकित्सक, सहसचिव घनश्याम उपाध्याय लगायत मतहतका निकायका प्रमुख उपस्थित थिए। भेटमा नेपालस्थित चिनियाँ राजदूताबासका उच्च अधिकारी सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *