२५ करोड बार्गेनिङले खानेपानी मन्त्री विना मगर त’नावमा, बालुवाटारले थाल्यो अनुसन्धान देश भरि नै खैलाबैला !

0
10

काठमाडौं । केपी ओली नेतृत्व सरकारका एक मन्त्रीले २५ करोड बार्गेनिङ गरेको विषय अहिले निकै चर्चामा छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले घु’स मागेको भन्दै तत्कालीन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । त्यसपछि उनलाई अर्कै मन्त्रालयमा सरुवा गरिएको थियो । मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मन्त्री मगरले २५ करोड रुपैयाँ माग गरेको र सो नदिएपछि नेपालबाट लखेटिएको त्यतिबेला समाचारमा आएका थिए । मन्त्रीले घु’स रकम माग गरेको अडियो टेप आफूले सार्वजनिक गर्ने भन्दै अहिले पूर्वसचिव ठाकुरसमेत ता’निएका छन् । यो विषयले उ’ग्र रूप लिँदै गएको छ ।

खानेपानी मन्त्रालयमा सचिव रहँदा मन्त्रीसँग वि’वाद भएको र त्यसपछि उनलाई जगेडामा राखिएपछि उनले मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घु’म मागेको र त्यसको अडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्की’ दिएका थिए ।

स्रोतका अनुसार मन्त्री विना मगरले मागेको अडियो टेपबारे प्रधानमन्त्री निवास बालुवाटारले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । यदि त्यसमा कुनै कैफियत भेटिएमा तत्काल उनको मन्त्री पद जाने निश्चित छ । किनभने सेक्युरिटी प्रिन्टिङ प्रेसमा बिचौलिया विजयप्रकाश मिश्रसँग ७० करोड क’मिसन मागेको अडियो टेप लिक भएसँगै प्रधानमन्त्री केपी ओलीका अति विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो ।

नेकपाभित्र अहिले फेरि अर्को घु’सका’ण्डले मन्त्रीको जागिर जाने भो भन्ने चर्चा सुरु भएको छ । नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको ट’करावको च’पेटामा खानेपानीमन्त्री मगर पर्ने सम्भावना पनि उत्तिकै छ । प्रचण्डले आफूलाई पदबाटै हटाउन भित्रभित्र खेल खेलेको प्रधानमन्त्री ओलीको बुझाइ छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here