कसैको इ’ज्ज’त लु’टेर खुशी हुने प्रयास कहिल्यै नगर्नु

  •  
  •  
  •  
  •  
  •  
  •  

सम्झना आइरहन्छ कसैलाई सम्झिरहने आदत भएर।

मुटु दुखिरहन्छ, लाग्छ अतीतको चोट छ खत भएर।

भुईँचालोले भत्काएको संरचना जस्तै छु म पनि,

एकदिन यथास्थानमा आउनेछु पक्कै मर्मत भएर।

कसैले दिएको आश्वासनले जिन्दगी बर्बाद भयो,

काम बिग्रन्न कहिल्यै एकजना मात्र गलत भएर।

बिग्रनेले दोष अरूलाई नै दिन्छ बिल्कुल झुठो हो,

ऊखु कहिल्यै तीतो भएन खै करेलाको संगत भएर।

कसैको इज्जत लुटेर सन्तुष्ट हुने चेष्टा कहिल्यै नगर्नु,

आफूलाई पनि बाँच्न गाह्रो समाजमा बेइज्जत भएर।

लेेेखक / अदिती अर्याल ज्ञवाली
यो पनि
काठमाडौं : लोडसेडिङको अन्त्य गरी नेपाललाई अन्धकारमुक्त बनाउदै राष्ट्रिय अर्थतन्त्र बचाएका कुलमान घिसिङकै कारण नेपाली जनताले अर्को ठूलो राहत पाउने भएका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर अब विद्युत महसुल निर्धारण गर्ने सरकारी तयारीले कुलमानको योगदान पुनः स्मरणीय गराएको छ ।

बर्षेनी करोडौं घाटामा रहेर सरकारको सेता हात्तीको उपमा पाएको नेपाल बिद्युत प्राधिकरणलाई नाटकीय सुधार गरेर नाफामा लगेपछि उपभोक्तामैत्री महसुल निर्धारण गर्न लागिएको हो । महसुल महंगो भएका कारण निम्नस्तरका जनताले बिद्युत उपभोग गर्न नसकेको र उद्योगधन्दालाई पनि मर्का परेको कुरालाई ध्यानमा राखेर अब महसुल दर निर्धारण गर्ने तयारीमा सरकार जुटेको छ ।

महसुल निर्धारण गर्न गठित विद्युत नियमन आयोगले जारी गरेको ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ ले बिद्युत उत्पादकहरुलाई नाफामुखी मात्र नभई सेवामुखी बनाउने प्राबधान राखेको छ । यो प्राबधानबाट प्राधिकरणसहित सरकारबाट विद्युत वितरणको अनुमति पाएका संस्थाको आर्थिक विवरण हेरेर मात्रै नयाँ महसुल निर्धारण हुने भएको छ ।

निर्देशिकाले उपभोक्ताको हितलाई हेर्दै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गर्नेे छ । अब नाफामा रहेको प्राधिकरणले महसुल दर घटाउने एक अधिकारीले बताए । यसबाट उपभोक्ता र उद्योगी ब्यबसायीलाई ठूलो राहत मिल्ने छ । कुलमान नभएको भए यस्तो संभाबना नै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *