ट्राफि’कमा चैतदेखि नयाँ नियम

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। काठमाडौं उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा सवारीसाधनका लागि नयाँ नियम कार्यान्वयनमा ल्याइने भएको छ ।

नियमअनुसार यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारीसाधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारीसाधन दाहिने मुख्य (द्रुत) लेनबाट मात्र गुड्न पाउने छन् । चक्रपथको खण्डमा चैत २ बाट यो नियम कार्यान्वयनमा आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालना गराउन उक्त नियम लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र विस्तारै गुड्ने गाडी बायाँ लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकाले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्यून हुने अपेक्षा गरिएको छ ।’’

महाशाखाले उक्त सडक खण्डको मुख्य लेनमा ५० र सर्भिस लेनमा २० किमी प्रतिघण्टाका दरले गति निर्धारण गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *