राजधानीमा सबैभन्दा म’हँगो स्कुल आरजु र देउवाको, कक्षा १ कै विद्यार्थीबाट अ’सुल्छन् मासिक ४० हजार

0
6

काठमाडौं। राजधानीमा सबैभन्दा महँगो शुल्क लिने विद्यालयको पंक्तिमा युलेन्सको नाम अगाडि आउँछ । तर, आश्चर्य यो विद्यालय ट्रस्टको रूपमा दर्ता भएर गै’रनाफामूलक संस्थाको रूपमा सञ्चालित छ । पूर्वसांसद आरजु देउवा व्यवस्थापन समिति अध्यक्ष रहेको सो विद्यालयले कक्षा १ कै विद्यार्थीबाट मासिक ४० हजार शुल्क उठाउने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतम र बिजय कार्कीले लेखेका छन्। अनुगमन गर्ने निकायको क’मजोरीको फाइदा उठाउँदै विभिन्न १७ शीर्षकमा अभिभावकबाट पैसा असुल्छ। विद्यालयले ‘ट्युसन–फी’लगायत नियमित शुल्कबाहेक उत्सव तथा कार्यक्रम, समुदायकेन्द्रित कार्यक्रम, अभिभावककेन्द्रित कार्यक्रम, मर्मतसम्भार, पत्रपत्रिका प्रकाशन, इमेल, एसएमएस अलर्टलगायत शीर्षकमा समेत पैसा असुल्छ।

शिक्षा नियमावलीअनुसार अनुमति लिएर मात्र निजी विद्यालयले शुल्क असुल गर्न पाउँछन् । यसका लागि शैक्षिक सत्र सुरु हुनुअघि नै शुल्क प्रस्ताव गर्नुपर्छ । तर, ललितपुर महानगरपालिकाका अनुसार युलेन्स स्कुलले शुल्क असुलीका लागि अनुमति लिएको छैन।अहिले जिल्ला शिक्षा कार्यालय नभएको र शिक्षाको अधिकार पाएको स्थानीय तहले अनुगमन र कारबाही गर्न नसक्दा युलेन्सजस्ता विद्यालयले चर्को शुल्क असुलेका हुन् ।

यसअघि काठमाडौं महानगरपालिकाले शुल्क निर्धारण गरे पनि वि’वाद भएपछि फिर्ता लिएको थियो । धेरै र महँगा विद्यालय रहेको ललितपुर महानगरले पनि शुल्क तोकेको छैन । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले शुल्क निर्धारण गर्ने प्रक्रियामा रहेको बताए।

शिक्षा मन्त्रालयबाट ‘विशेष सुविधायुक्त विद्यालय’को प्रमाणपत्रसमेत लिएको रातो बंगला स्कुलले पनि शिक्षणलगायत शीर्षकमा च’र्को शुल्क लिने गरेको छ । रातो बंगलामा २७ देखि ३३ हजारसम्म शुल्क लिने गरिएको छ । तर, रातो बंगलाजस्ता विद्यालयले नै रुटका थोत्रा गाडी जम्मा गरेर विद्यार्थी ओसार्छन्।

ललितपुरकै प्रिमियर इन्टरनेसनल स्कुलको शुल्क पनि अत्यधिक महँगो छ । नयाँ विद्यार्थीका लागि भर्ना शुल्क मात्र लाख रुपैयाँ असुलिन्छ । अघिल्लो वर्ष ७५ हजारदेखि ९० हजार असुलिएको थियो । प्रिमियरमा मासिक शुल्क ३९ हजार पाँच सयदेखि ४९ हजार पाँच सयसम्म छ।

सो विद्यालयमा मासिक शुल्क कक्षा १-३ मा ३९ हजार पाँच सय, कक्षा ४–५ मा ४२ हजार नौ सय, कक्षा ६–८ मा ४६ हजार दुई सय र कक्षा ९–१० मा ४९ हजार पाँच सय छ। त्यसैगरी वार्षिक र पुस्तकालय शुल्कसमेत छुट्टै ति’र्नुपर्छ।

सो स्कुलमा एउटा तहमा एकपटक ति’र्ने गरी लाइब्रेरी शुल्क १५ हजारसम्म कायम गरिएको छ । विभिन्न शीर्षकमा वार्षिक शुल्क ति’र्नुपर्छ । वार्षिक टिचिङ एन्ड लर्निङ रिसोर्समा ३५ हजार दुई सयसम्म, आइबी एन्ड क्लासरुम आइसिटीमा १८ हजार, नन–कलेजियट एक्टिभिटीका लागि समेत वार्षिक १८ हजार शुल्क ति’र्नुपर्छ।

तर, यस्तो शुल्क लिन सो विद्यालयले कतैबाट स्वीकृति लिएको छैन । यो विद्यालयले विशेष सुविधायुक्त बनाउन माग गरे पनि ललितपुर महानगरपालिकाले स्वीकृति दिएको छैन।

यस्तै,पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here