कोरोनाका कारण ‘संसद्, स्कुल र भिड हुने सबै ठाउँ रोक्न सांसदको माग

  •  
  •  
  •  
  •  
  •  
  •  

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् ।

‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा संक्रमण फैलने सम्भावना धेरै हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ । चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्‍यो,’ सांसद प्रधानले भने ।

यस्तै, शून्य समयमा बोल्दै कांग्रेसका अर्का सांसद भरत शाहले पनि भने, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’

यस्तै, स्कुल र विद्यालय पनि बन्द गर्नुपर्ने सांसदहरुको माग छ । यसअघि पनि सांसदहरुले कोरोनाका कारण संसद रोक्नुपर्ने माग राख्दै आएका छन् ।

कोरोनाको त्रा’स, आब भारतको सबै सीमा नाका एक महिनाको लागी बन्द

कोरोनाका कारण भारतले एक महिनासम्म सीमा नाका ब’न्द गर्ने नि’र्णय गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार आज राति १२ बजेबाट लागू हुने गरि एक महिनाको लागि सीमा नाका ब’न्द गर्ने नि’र्णय गरेको हो । विश्व स्वास्थ्य सं’गठनले कोरोना भाइरसलाई म’हामारी घो’षणा गरेपछि भारतले कोरोना भाइरस स’र्न नदिन बुधबार साँझ नै क’डा नि’र्णय लिएको छ । भारतले विदेशीलाई भीसा समेत र’द्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्र’वेश गर्न पाउने छैनन् । मानिसको यात्रामा समेत क’डाई गरिने भएको छ ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय सं’घसंस्था, रोजगार, प्रो’जेक्ट भीसालाई भने र’द्द नगर्ने भएको छ भने गै’रआवाशीय भारतीय का’र्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि र’द्द गरेको छ । यो सबै नि’र्णय शुक्रबारबाट ला’गू हुनेछ । भारतमा बुधबारसम्म ६० जनालाई कोरोना भाइरसको सं’क्रमण देखिएको छ। संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *