परिचय खुल्यो, शान्ति सेनामा लेबनानमा ज्या’न गुमाएका नेपाली सैनिकको

0
15

काठमाडाैं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको निधन भएको छ। लेबनानस्थित राष्ट्र संघीय मिसन युनिफिलमा खटिएका धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मंगलबार सवारी दुर्घटनामा परी निधन भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

ड्राइभर रहेका मगर चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए। दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा अर्का नेपाली सैनिकले चलाएको ट्यांकर ब्याक गर्ने क्रममा नरबहादुरलाई ठक्कर दिएको थियो। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृ’तकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले वि”स्फो’टक प’दा’र्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक वि”स्फो’टक प’दा’र्थ हटाउन त्यहाँ तैनाथ छन् ।

मालीस्थित शान्ति सैनिकका फोर्स कमाण्डर डेनिश ग्यालेन्सपोर्रेले संयुक्त राष्ट्रसङ्घ पदकद्वारा सुशोभित गर्दै नेपाली शान्ति सैनिकको योगदानबाट मालीको शान्ति सुरक्षामा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले भन्नुभयो,“नेपाली शान्ति सैनिकले शान्ति स्थापनामा गरेको योगदान प्रशंसनीय छ, स्थानीयवासीले त्यसको प्रत्यक्ष अनुभूति गरिरहेका छन् ।”

साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरव महसूस भयो – कमाण्डर हुवर्ट ब्यूडोन

सेक्टर कमाण्डर हुवर्ट ब्यूडोनले अनुशासित, व्यावसायिक र साहसिक नेपाली सैनिकसँग काम गर्न पाउँदा गौरवको महसूस भइरहेको उल्लेख गर्नुभएको त्यहाँ तैनाथ नेपाली शान्ति सेनाले जानकारी दिएको छ । उहाँले भन्नुभएको छ,“प्रतिकूल सुरक्षा स्थिति र मौसममा पनि नेपाली सेनाले निरन्तर खटिएर गरिरहेको निःस्वार्थ सेवाभाव र उत्कृष्ट पेशागत निःपूर्णता प्रदर्शनको म खुलेर प्रशंसा गर्दछु ।”

करिब ५५ डिग्री सेन्टिग्रेड गर्मीमा जमिनमुनि बिच्छ्याइएका वि”स्फो’टक प’दा’र्थ हटाउने जोखिमपूर्ण कार्य नेपाली सेनाले सावधानी र सफलतापूर्वक गर्दै आएको छ । सन् २०१३ देखि त्यहाँ नेपाली शान्ति सैनिक कार्यरत छ । मालीमा क्रियाशील विद्रोही र आतङ्ककारी समूह सक्रिय भएकै कारण त्यहाँ तैनाथ राष्ट्रसङ्घको शान्ति मिसनले निकै ठूलो धनजन व्यहोर्नु परेको छ । दक्ष जनशक्ति र प्रविधियुक्त सीप प्रयोग गरी नेपाली शान्ति सैनिकले भने सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिरहेको छ ।

यसैबीच राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापनाका लागि धेरै सुरक्षा फौज पठाउने मुलुकको सूचीमा नेपाल चौथो स्थान लिन सफल भएको छ । विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् ।

शान्ति स्थापनाका लागि योगदान

द्वन्द्वग्रस्त १२ मुलुकमा पाँच हजार ६५८ नेपाली सुरक्षाकर्मी शान्तिदूतका रुपमा हाल कार्यरत छन् । त्यसमध्ये नेपाली सैनिक पाँच हजार ९६ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या ५६२ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

हालसम्म एक लाख २९ हजार ८९९ नेपाली शान्ति सैनिकले शान्ति मिसनमा योगदान पु¥याइसकेका छन् । शान्ति स्थापना क्रममा ६५ जनाले वीरगति प्राप्त गर्नाका साथै ६६ जना गम्भीर घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here