मेस्सीद्वारा चार मिलियन युरो रोनाल्डिन्होलाई जेलबाट छुटाउन सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जेलबाट छुटाउन चार मिलियन युरो सहयोग गर्ने भएका छन् ।

पाराग्वेमा नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई हाल पक्राउ गरिएको छ । रोनाल्डिन्हो छुटाउन वकिलका लागि खर्च हुने चार मिलियन युरो मेस्सीले सहयोग गर्न लागेका हुन् ।

ब्राजिलियन फुटबलर रोनाल्डिन्हो बुधबार पाराग्वेमा पक्राउ परेका थिए । नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनलई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाई रोबर्टोसँगै पक्राउ गरिएको थियो ।

रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो। ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ३९ वर्षीय रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन।

रिचार्ज कार्डको नम्बर मेट्टियो नआत्तिनोस् ,यसरि रिचार्ज गर्न सकिन्छ
काठमाडौं – सेवाग्राहीले मोबाइलमा रिजार्ज गर्न खोज्दा नम्बर नै मेटिएर रिचार्ज कार्ड फ्याल्नेसम्मको अवस्थामा पुग्छन् ।

कतिपयचाँही पैसा खेर गयो भन्दै आत्तिन्छन् । तर नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ।

कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ । ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर वेवसाइटमा उपलब्ध गराउनु पर्नेछ।

कम्पनीको पिन रिकभरीमा क्लिक गर्ने वा सिधै pinrecovery.ntc.np मा लग अन गर्नुपर्छ। रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ।

कम्पनीका अनुसार देखिने पिन नम्बरलाई कार्डमा लेखिएकै अवस्थामा राखिनुपर्छ । मेटिएको अंकमा * चिन्ह राख्नुपर्छ।

नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७***१२**५८ संरचना बमोजिम राख्नुपर्छ । यो प्रकृया बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ।

कम्पनीका अनुसार १० पटक सम्म गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुने छैन। यस्तो अवस्थामा रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ। काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *