केपी ओली बालुवाटार छिर्नै लाग्दा भीम रावलले गरे गम्भीर प्रश्न, अब के गर्छ सरकार ?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैला प्रत्यारोपण गरेर १२ दिनपछि बालुवाटार फर्किएका छन् । तर उनले अस्पताल भर्ना हुनुअघि देशमा रहेका अनेक प्रश्न र विवाद कायमै रहेका छन् ।

ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार छिर्नुअघि नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारमाथि गम्भीर प्रश्न गरेका छन् ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा समेटेर नक्सा जारी गरेपछि नेपालमा चर्किएको विरोध अझै समाधान भएको छैन । नेता रावलले सरकारले आफ्नो भूमि समेटेर नक्सा जारी गर्न नसकेकोप्रति गम्भीर विरोध गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रवार बसेको बैठकमा नेता रावलले संसदीय समितिले पटक–पटक निर्देशन दिँदा समेत नेपालको वास्तविक नक्सा सार्वजनिक हुन नसकेकोप्रति विरोध जनाए । ‘भारतलाई आफ्नो नक्सामा राख्नुभएको भूभाग तपाईंको होइन, हाम्रो हो भनेर नक्सा निकाल्न नेपाललाई केले रोकेको छ ?’ नेता रावलले ओली सरकारलाई प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै बोलेको अभिव्यक्तिको समेत नेता रावलले विरोध गरेका छन् । ओलीले नक्सा प्रकाशित गर्नु ठूलो कुरा होइन, मिचिएको भूमि फिर्ता गर्नु पो ठूलो कुरा हो भनेर अभिव्यक्ति दिएका थिए । नेता रावलले राजनीतिमा नक्साको पनि ठूलो अर्थ हुने भनेर ओलीलाई स्मरण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *