केपी ओलीलको अचम्म लाग्ने खर्च ! १२ दिनसम्म अस्पतालमा गरे कति छ हिसाबकिताब हेर्नुहोस् ?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणको अस्पताल बसाइ सकिएको छ ।

ओलीले १२ दिनसम्म अस्पतालमा बस्दा कति खर्च भयो होला ? अहिले सबैतिर यही जिज्ञासा छ ।

ओलीले सिंगापुर लगायत विदेशी अस्पतालमा सामान्य चेकजाँचका लागि जाँदा समेत लाखौं खर्च हुने गरेको अनुमान गर्ने गरिन्थ्यो । तर विदेशमा चेकजाँच गर्न जाँदा ओलीले कसरी खर्च जुटाउँथे भनेर सार्वजनिक हुने गरेको थिएन ।

ओलीले स्वदेशमै मिर्गाैला प्रत्यारोपण गरेर उपचार गर्दा भने खर्चको हिसाबकिताब अचम्म लाग्दो देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको सफल प्रत्यारोपणपछि ओली शुक्रबार डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै शिक्षण अस्पतालले खर्चको सामान्य अंक सार्वजनिक गरेको छ ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५–६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार मिर्गौला प्रत्यारोपण गरिएको १० औं दिन र अस्पताल भर्ना भएको १२ औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालले उल्लेख गरेको खर्चमा १२ दिनको हिसाबकिताब जोडिएको अस्पतालले जनाएको छ ।

मिर्गाैला प्रत्यारोपण जस्तो जटिल उपचारमा समेत प्रधानमन्त्रीबाट ५–६ लाख रुपैयाँ मात्र खर्च हुनुलाई अचम्मको रुपमा हेरिएको छ । तर नेताहरूले उपचारका लागि विदेश गएर लाखौैं रुपैयाँ सक्ने गरेका थिए ।

शिक्षण अस्पतालका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो । ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन् ।

ओलीले यसपालि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेकाले जटिलताका साथ हेर्दै संक्रमणको खतरा हुने चिन्ता गरिएको छ । ओलीले पहिलोपटक १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *