दुई छोराहरु काखबाट खोसेर, छोरहरुकै अघि यसरि भयो आमा बिन्दाको ‘ह’त्या (भिडियो हेर्नुहोस्)

0
8

अमृत बास्तोला । तेह्रथुम । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह,त्या आफ्नै दुईजना देवरहरुबाट भएको प्रहरीले जनाएकोछ । २८ वर्षिया भाउजुको ह,त्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो ।

झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह,त्यागरी विहिवार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएकाे बताइएकाे छ ।

वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा रहेका विन्दाका श्रीमान्ले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक च,लखेल गर्न नपाएकाले ह,त्यागरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएको बताइएको छ । यो घ,टनाले ईवा तीनसल्ले गाउँनै स्त,ब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए ।

घटना पछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा वि,भ,त्स ह,त्याभएको थियो ।

प्रदेश स्तरीय प्रहरी टोली डग स्न्याफिङ सहित घटना स्थलमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम था,न्दार सहितको विशेष प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here