शुक्रवार डिस्चार्ज भएका प्रधानमन्त्री ओली फेरी त्रिवि अस्पतालमा

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली फेरी त्रिवि शिक्षण अस्पताल पुगेका छन् । शुक्रवार अस्पतालवाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली फलोअप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुगेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल गएका हुन् । यो काम केही घण्टामै सम्पन्न हुने पनि उनले बताएका छन् । प्रधानमन्त्री ओलीको पेटको स्टेन्ट निकाल्न धेरैबेर नलाग्ने भएकाले आइतवार नै उनी अस्पतालवाट फर्कने छन् ।

त्रिवि शिक्षण अस्पतालमै मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री ओली शुक्रबार साँझ मात्र सरकारी निवास बालुवाटार फर्किएका हुन् । उनी १० दिन लामो अस्पताल बसाई पछि घर फर्किएका हुन् ।

डिस्चार्ज भएको भोलिपल्टै शनिबार प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका थिए। आज साँझ हुने भनिएको सार्क मुलुकहरुको प्रमुखको भिडियो कन्फरेन्समा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् । कोरोना भाइरस नि यन्त्र णका लागि साझा रणनीति बनाउन सार्क मुलुकहरुबीच सम्बाद हुने भएको हो । त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

मोदीले राखेको प्रस्ताव सार्क मुलुकहरुले स्वीकार गरेका कारण आइतवार साँझ भिडियो कन्फरेन्स हुने निश्चित भएको हो । आइतवार साँझ ५ बजे हुने भिडियो कन्फ्रेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी हुने उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *