उठनुस् बुवा प्रधानमन्त्रीले झै मृगौला प्र’त्यारोपण गछौँ !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँका लागि हिडेका बुबा धनगढीमा अचेत अवस्थामा भेटिएपछि रिक्सा चालकले अस्पताल पुगाएको खबर साँचो होईन् होला। हो भने पनि खासै फरक परेन। अस्ती दिल्लीमा पनि बुबा बे’होस हुँदा मैले नै अस्पताल पुगाउँदा सन्चो हुनु भएको थियो। निको भईहाल्नु हुन्छ। अनुजको मनमा यस्तै कुराहरु खेलिरहेका थिए। एकछिन अघि बुबाले सन्चै छु पनि भन्नुभएको थियो। तर फेसबुकका भित्ताबाट अनुजलाई हेरिरहेका बुबाका अस्थिर तस्बिर र सञ्चार माध्यममा आएका समाचारले उनको आशाको दीपलाई चुनौती दिईरहेका थिए। बुबालाई सन्चो बनाउने झिनो आशा बोकेर दिल्लीबाट उनी बिहिबार धनगढीका लागि हिडे। रातभरीको यात्रा पछि धनगढी आईपुगे।

अनुज बहिनी सहित धनगढी ओर्लिदा बिहानी भईसकेको थियो। शहर आफ्नै सुरसारमा चलिरहेको थियो। बिरानो शहरमा अब कसरी बुबालाई खोज्ने ? सँगै रहेकी बहिनीलाई भन्दै थिए उनी। तर बुबालाई खोज्न खासै सम’स्या परेन। फेसबुकबाटै धनगढीका घनश्याम भण्डारीसँग निरन्तर सम्पर्कमा थिए अनुज। भण्डारीकै सहयोगमा बुबाको अस्थिर शरिर ‘ल’डिरहेको सेती प्रादेशिक अस्पताल पुगे। उनी सोध्दै थिए, ‘खोई मेरो बुबा कहाँ हुनुहुन्छ भेट्छु?’ भण्डारी र अस्पतालमा रहेका सुरक्षाकर्मीले अनुजलाई बहिनी सहित उनको बुबा भएको स्थानतीर डो¥याए।

बुबा अस्पतालको शैयामा होलान, उपचार गरेर सँगै दिल्ली फर्किने सपना क्षण भरमै असम्भव भईदियो। किनकी अनुजले सोचे झै बुबा अस्पतालको शैयामा होईनन्, श’व गृहमा ल’डिरहेका थिए। श’व गृहको ढोका बाहिर पुग्ने बित्तिकै अनुजले भने, बुबालाई भेटन् सकिन्छ? सुरक्षाकर्मीले ढोका खोल्दै दुवै भाईबहिनीलाई बुबासंग भेट्न अनुमती दिए। भुईमा ल’डिरहेका बुबालाई देखेर एकछिन निशब्द भए उनीहरु।

थाम्न खोज्दा पनि रोकिएनन् गहभरीका आशु। बुबा १ बुबा १ भनेर पटक पटक बोलाए। अह उनले सुनेन। चि’च्याए, रो’ए तैपनि बुबाले सुन्दै सुनेनन्। बुबालाई त्यो अवस्थामा देखेपछि भा’वविहल हुनुको विकल्प थिएन उनीहरुसँग। नुवाकोट घर भई दिल्लीमा बस्दै आएका अनुज पाण्डेले अस्पताल परिसरबाटै आमालाई फोन लगाएर भने, ‘आमा बुबाले हामीलाई छोडेर गएको कुरा साँचो रहेछ।’ नुवाकोटमा रहेका आफन्तलाई पनि बुबाको मृ’त्युको खबर साँचो भएको सुनाउन वि’वश भए अनुज।

अनुजले धनगढीबाट आफ्नो बुबाको मृ’त्युको खबर घर परिवारलाई सुनाईरहेका बेला काठमाडौँमा दोस्रो पटक मृगौला प्र’त्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने अस्पतालबाट डिस्चार्ज हुने तयारीमा थिए। प्रधानमन्त्रीको जस्तै मृगौलाका विरामी अनुजका बुबा नियमित डायलासिस गराउँदै आएका रहेछन्। दिल्लीमा हुँदा पनि यसैगरी दुई पटक बे’होस भएका थिए बुबा भैरवजंग पाण्डे। तर अनुजले नै अस्पताल पुगाएर बुबालाई मृ’त्युको मुखबाट जोगाएका थिए। प्रधानमन्त्रीले झै बुबाको मृगौला प्र’त्यारोपण गर्ने चाहाना अनुजलाई पनि नभएको त हैन्। तर आर्थिक हैसियतले नियमित डायलासिसको विकल्प थिएन उनको परिवारसंग। अनुजले भने, ‘प्रधानमन्त्री जस्तै वि’रामी हुनुहुन्थ्यो बुबा पनि।

मृगौला प्र’त्यारोपण गर्ने चाहाना नभएको होईन् तर खर्चले भ्याउने भएन।’ बुबाको जस्तै नियती अरुले खेप्न नपरोस भन्ने उनको चाहाना छ। प्रधानमन्त्रीको स्वास्थ्यबारे सबैले चासो राखिरहेका बेला धनगढीमा अनुजले बुबाको शव परिक्षणमै सरकारी स्तरबाट सहयोग नपाउँदा दुःख लागेको सुनाए। उनले भने, ‘नेपालको सरकारी काममा निकै लाप’रवाही हुदो रहेछ।’ प्रधानमन्त्री त्रिवी शिक्षण अस्पतालबाट डिस्चार्ज भईसक्दा पनि मृगौला सम्बन्धीकै सम’स्याले संसार त्या’ग्न बाध्य भएका बुबाको श’व परिक्षण गर्न पाएका थिएनन्।

भनसुनको परिपाटीले थलिएको राज्यका अस्पतालमा पनि यस्तै स’मस्या भोग्नुपर्छ भन्दा फरक पदैन्। बुबाको श’व परिक्षणका लागि घरी सेती अस्पताल त घरी जिल्ला प्रहरी कार्यालय धाउँदा समेत कुनै सिप चलेन। विरानो शहरमा कसलाई गुहार्ने ? फेरी तीनै घनश्याम भण्डारीलाई सम्पर्क गर्न बा’ध्य भए अनुज। भण्डारी सेती अस्पताल पुग्दा साँझको ६ बजीसकेको थियो। उनले अनुजका पीडा पोखेपछि मात्र सेती अस्पतालका चिकित्सक श’व परिक्षण गरिदिन बल्ल तयार भए। अस्पतालका चिकित्सकले श’व गृह सरसफाई नहुँदा दिउँसो श’व परिक्षण गर्न नसकिएको भन्दै बचाउ गरे।

सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक समेत रहेका भण्डारीको लगातारको द’बाबपछि साँझ साढे ७ बजे मात्रै अनुजका बुबाको श’व परिक्षण गरियो। बुबाको मृ’त शरिर बोकेर आँखाभरीका आ’शु थाम्दै शुक्रबार साँझ नै भाईबहिनी काठमाडौँ हिडे। बुबाकै इच्छा अनुसार पशुपती आर्यघाटमा अन्तिम संस्कार गर्न उनीहरु धनगढीबाट हिडेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *